latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

महिला साफः दोस्रो चरणमा ३५ खेलाडी छानिए

काठमाडौं, १७ साउन

नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थापाले मंगलबार ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका हुन् । अब थापाले अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा गर्नेछन् ।

साफ च्याम्पियनसिप १३-२५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले १३ भदौमा भुटानविरुद्ध बुलेका ५ बजे खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । दोस्रो खेल १९भदौमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

साफ च्याम्पियनसिपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । चारपटक फाइनल खेलेकोे नेपाल एकपटक सेमिफाइनलबाटै बाहिर भएको थियो ।

३५ खेलाडीकाे नामः

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता वि.क.

रक्षकः हिराकुमारी भुजेल, सृजना सिंह ठुकरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घामगर, निशा थोकर, सृजना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बू, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुशुम खतिवडा

फरवार्डः सवित्रा भण्डारी (साम्बा), अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला वि.क, चन्द्रा भण्डारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय