latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नौ महिनासम्म रोकिएको खाद्यान्न हुम्लाको लिमि पुग्यो
हुम्ला, १६ साउन

चीन सरकारले अनुदान सहयोग दिएको तर हिमपातका कारण नौ महिनासम्म हिल्सामा रोकिएको खाद्यान्न अन्तत: नाम्खा गाउँपालिकाको लिमीमा पुगेको छ ।

चीन सरकारले अनुदान स्वरुप दिएको उक्त ठूलो परिमाणका खाद्यान्न नारा लेकमा नौ महिना अघि नै पुगेको भए पनि बाटोका कारण रोकिएको र हाल न्यालुुको सडक मर्मत गरिएपछि भने गाडीमार्फत सो खाद्यन्नलाई लिमी पुर्‍याइएको हो ।

नाम्खा–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार गत मङ्सिर महिनाबाट उक्त खाधान्न हिल्सामा नै रोकिएको थियो, जसलाई बाटो नभएका कारण हिल्सामा नै गोदाम बनाएर भण्डारण गर्नू परेको थियो । वाटो मर्मत भएलगत्तै गाडीमार्फत १ हजार १ सय बोरा खाद्यान्न भने हिल्साबाट सल्ली, न्यालुु हुँदै लिमीमा पुगिसकेको छ । यसरी पुगेको सो उक्त खाद्यान्न लिमीका २ सय १२ घरधुरीलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

गत मंशिरमा नै आएको तर हिमपातका कारण हिल्सा रोकिएको भएपनि त्यस मध्येका केही मात्राको खाद्यान्न भने यसअघि नै हेलिकोप्टरबाट ढुवानी गरेर आपूर्ति गरिएको थियो । बाटो मर्मत भए लगत्तै अब भने यसरी अनुदानमा आएका सबै खाद्यान्न लिमि पुर्‍याईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय