latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत, १५ साउन

रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । आज आइतबार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतबार दिउँसो ४ बजेतिर झडप भएको हो । घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शाहको टाउकोमा गम्भीर चोट लागेको छ । आठबीसकोटको नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि शाहलाई सुर्खेत पठाइएको हो ।

शाहलाई आक्रमण गरेको आरोप लागेका आठबीसकोट ९ का २१ वर्षीय पवन बटाला र २३ वर्षीय हरि केसी फरार रहेका डीएसपी सोतीले बताए । व्यक्तिगत कारणले झडप भएको बताइए पनि घटनाको वास्तविक कारण खुल्न सकेको छैन । फरारहरूको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सोतीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय