पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु
न्युज कारखाना
काठमाडौं, १० साउन
पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।
कास्की प्रहरीका अनुसार आज बिहान ११:३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो । सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फाइल तस्बिर


