latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दिप्रुङ चुइचुम्माको बजेट ६० करोड ६९ लाख
न्युज कारखाना
खोटाङ, १० असार
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानतर्फ ३७ करोड ९५ लाख ८५ हजार बिनियोजन गरेको छ । सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदानका लागि छुट्याएपछि बाँकी रहेको २२ करोड ७३ लाख ५४ हजारमध्ये पुँजीगततर्फ १५ करोड ४९ लाख ४ हजार र चालु खर्चतर्फ ७ करोड २४ लाख ५० हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

पुँजीगत बजेटमध्येबाट सडक पुर्वाधारमा ४ करोड ३६ लाख ३८ हजार, शिक्षामा ३ करोड ३८ लाख ७१ हजार, कृषिमा १ करोड २२ लाख ४५ हजार, लक्षित समूहका लागि १ करोड ३ लाख ६१ हजार, स्वास्थ्य तर्फ ९६ लाख, संस्थागत विकासको लागि १ करोड १ लाख ५० हजार, खानेपानी तर्फ ६२ लाख ६० हजार बिनियोजन गरिएको छ । यस्तै, सिचाँइमा ५५ लाख १० हजार, भवन तथा शहरी विकासतर्फ ३७ लाख, विपद व्यवस्थापन कोषको लागि ३६ लाख, पर्यटन पुर्वाधार विकासका लागि ३१ लाख ७० हजार र विविध शिर्षकमा १ करोड २७ लाख ९८ हजार विनियोजन गरिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका लागि ६० लाख ५७ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका लागि ६१ लाख ३८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका लागि ५१ लाख ३१ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका लागि ७७ लाख ४८ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका लागि ५६ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका लागि ५५ लाख २५ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मका लागि ७८ लाख २५ हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय