latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

शरिरको आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, मुटुदेखि महिनावारीमा समस्या
एजेन्सी
बेइजिङ, ९ असार

एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हेबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् । १६५सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामन गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना भएकी थिइन् ।

हेङ्सुई सहरको एक अस्पतालका चिकित्सकहरू ती महिलाको तौल जम्मा २५ किलोग्राम देखेपछि चकित परेका थिए । उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । चिकित्सकहरूका अनुसार खानपानमा असन्तुलन वा अत्यधिक डाइटिङ गर्नेमा यस्तो समस्या देखिने गर्छ ।

उनका विभिन्न अंगले काम गर्न छोडेका थिए । मुटुमा समस्या देखिएको थियो भने कपाल झर्न सुरु भएको थियो । उनलाई ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको थियो ।

‘उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । शारीरिक र मानसिक अवस्था कमजोरका बाबजुद उनले खानाका लागि कुनै इच्छा देखाइनन्’, महिलाको उपचार गर्ने एक डाक्टरले भने । उनले अगाडि थपे, ‘उनी गम्भीर बिरामी भइन् र धेरै अंगले काम गर्न छोडेपछि उनलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । ’

जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् ।

खानेकुरा छाड्नुको अतिरिक्त उनले क्याथर्टिक्स, रेचक र एक्ुपंक्चरसहित अन्य तौल घटाउने विधिहरू प्रयोग गरेकी थिइन् । २५ केजी तौल भएकी ती महिलालाई अहिले सामाजिक सञ्जालमा चीनको ‘पातलोपनको प्रतिक’ भनेर व्यंग्य गरिन थालिएको छ । चिनियाँ संस्कृतिमा पातलोपनलाई सधैं महत्व दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय