latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

फिल्म प्रेमगन्जको टिजर सार्वजनिक
न्युज कारखाना

काठमाडौं, ६ असार

भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरलाई सुरक्षा पन्थको आवाजमा फेरि रिलिज गरिएको हो ।

दुई महिनाअघि कपिराइट फ्री गरिएको टिजर एक सयभन्दा बढी युट्युब च्यानलबाट एकै साथ रिलिज भएको थियो । त्यो मध्य बुढा सुब्बा युट्युब च्यानलबाट सबैभन्दा बढी तीन लाख भ्युज गएको थियो । तर, सम्झौतामा असहमति भएपछि निर्माण टिमले एक महिनाअघि टिजर हटाएको थियो । त्यही टिजरलाई आज ओ एसआर डिजिटलबाट आवाज परिवर्तन गरेर सार्वजनिक गरिएको छ ।

सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् । सार्वजनिक टिजरले फिल्ममा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ ।

टिजरमा सुरक्षा पन्त र बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरीको प्रभावशाली उपस्थिति महसुस गर्न सकिन्छ । टिजरमा बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि अभिनय अटाइएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेखेका हुन् । खासमा टिजरमा सुरक्षाको आवाज नै चाहिने थियो । त्यो समय सुरक्षा नेपाल बाहिर भएकोले अच्युत घिमिरेको आवाज भरिएको हो । निर्देशकले परिच्छेद सेनले भने । सुरक्षा कान्स देखि फर्किन साथ फिल्मको सम्पूर्ण डबिङ सकेकी हुन् । प्रेमगन्जमा सुरक्षा पन्त पनि महत्त्वपूर्ण भूमिकामा छिन ।

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

फिल्मको टाइटल गीत यही १० गते रिलिज हुँदै छ भने । भाद्र तीन गते देश लगायत इन्डियामा एकसाथ प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय