latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दीपेन्द्र के खनालको निर्देशनमा कमेडी तथा सोसल ड्रामा ‘के घर के डेरा’ फिल्म बन्ने भएको छ। फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको प्रमुख भूमिका हुनेछ ।

दुई वर्षअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिए पनि निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ।

निर्देशक खनालका अनुसार फिल्मको कथावस्तु र नयाँ टिमसहित आगामी वैशाख तेस्रो सातादेखि फ्लोरमा जान लागिएको जानकारी दिए । ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हाँस्य ढंगले फिल्म बन्नेछ,’ पत्रकार सम्मेलनमा निर्देशक खनालले भने।

निर्देशक खनालले ‘झोले’ पछि दयाहाङ, ‘पशुपति प्रसाद’ पछि विपिन र ‘चंगा चेट’ पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ उनले भने ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माता हुन् ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्ष नै प्रदर्शनमा ल्याउने तयारी रहेको जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय