latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

उदयपुर — उदयपुरको बेलका नगरपालिका ३ बुद्धच‍ौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ । एसईईको तयारीका लागि अतिरिक्त कक्षाका लागि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसईईको परीक्षा नजिकिँदै गर्दा तयारीका लागि ट्युसन पढ्न नियमित रुपमा बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् ।

घटनास्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीय भरत घिमिरेले बताए । घिमिरेका अनुसार मृतक बालिकाको टाउकोमा चोट लागेको देखिन्छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने उनले बताए । घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल आइपुगेको प्रहरीले जनाएको छ । स्थानीय र स्कुले बालबालिकाहरूले भने दोषीमाथि कारबाही गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । नाराजुलुससहित निस्किएका विद्यार्थीले सडक र रामपुर बजारमा प्रर्दशन गरेका छन् । घटनामा संलग्न भएको आशंकामा १९ वर्षीय एक युवक र १७ वर्षीया किशोरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय