latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

नेपाली सेनाकी असिम बानियाँले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी (बख्तरबन्द गाडी) चलाउने भएकी छन् । यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षभन्दा बढी अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी चलाउने अवसर आएको हो । बानियाँ नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् ।

२०६२ पुस १० मा सेवामा प्रवेश गरेकी बानियाँ प्युठ हुन् । उनी अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘प्रि–डिप्लोयमेन्ट’ तालिम लिइरहेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि नै मैले ड्राइभिङ गर्ने अवसर पाएँ ।

मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठाएको हुन सक्छ,’ बानियाँले नेपाली सेनाको ‘सिपाही पाक्षिक’ सँग भनेकी छन् ।

उनले पहिलोपटक एपीसीको ड्राइभिङ सिटमा बस्दाको अनुभव सुनाइन्, ‘तालिमको दौरानमा पहिलो पटक ड्राइभिङ सिटमा बस्दा अलि धेरै नर्भस भएँ । एपीसीभित्र सबै मेसिनरी सामान मात्रै, कुनै सानो फ्याट्रिभित्र छिरेको जस्तो भयो,’ उनले भनिन्, ‘ड्यास बोर्डहरु हेरें । सम्हालिदै स्टेरिङ समातें । गुरुजीले सिकाएअनुसार गरें । विस्तारै आत्मविश्वास बढ्दै गयो ।’

नेपाली सेनाका अनुसार एपीसी हाँक्न विशेष प्रकृतिको तालिम र क्षमताका साथै आँट चाहिन्छ । एपीसी युद्धग्रत क्षेत्रमा सैनिकहरुले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न प्रयोग गर्छन् । एपीसीका विभिन्न भागमा जडित हतियार चलाएर विपक्षीविरुद्ध लड्न सकिन्छ । सेनाका अनुसार बानियाँ मध्य अफ्रिकी गणतन्त्रको ‘मल्टिडाइमेन्सन इन्ट्रिग्रेटेड स्ट्याबिलाइजेसन’ मिसनमा भाग लिन चाँडै जानेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय