latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

छात्रवृत्ति वितरण
ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयले अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका–४ स्थित रुम्जाटार माविले दाताको सहयोगमा स्थापना भएको अक्षयकोषको ब्याजबाट २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

अक्षयकोषका दाता एवं प्रदेश नं १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले विद्यार्थीलाई आज छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो । रुम्जाटार माविमा अक्षयकोष स्थापनार्थ पूर्वमन्त्री गुरुङले रु ३० लाख सहयोग गर्नुभएको थियो । दाताबाट प्राप्त रु ४३ लाख ६१ हजार २११ मार्फत सञ्चित दुई लाख ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताउनुभयो ।

एकल महिला घरमुली भएका छात्रछात्रा, कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी, कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका विद्यार्थी तथा कक्षा ११ र १२ का गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको छ ।

सो अवसरमा २०७८ को माघ महिनामा लिएको अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालयले आर्थिक वर्ष २०७७÷७८ को सामाजिक लेखापरीक्षण पनि सार्वजनिकीकरण गरिसकेको छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद गुरुङले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । रुम्जाटार मावि जिल्लाको प्रतिष्ठीत नमूना विद्यालय हो । पूर्वी पहाडका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुली जिल्लाकासमेत विद्यार्थी अध्ययानका लागि आउने गरेका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय