latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

टुहुरा बालबालिकालाई आर्थिक सहयोग
नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमाबुबा गुमाएका ५४ बालबालिकालाई रु १० हजारका दरले सहयोग उपलब्ध गराइएको हो ।टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणसम्बन्धी कार्यविधि २०७८ निर्माण गरी सहयोग रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कानुनी जटिलताका कारण यो कार्यक्रम अघि बढाउन तीन वर्ष ढिलो भयो । कार्यविधि निर्माण भइसकेकाले अब यो कार्यक्रम निरन्तर चालु रहने छ ।”
चालु आर्थिक वर्षमा कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्रको सुरुमै मासिकरुपमा अभिभावकका बैंक खातामार्फत रकम भुक्तानी गर्ने तयारी गरिएको छ ।

भेटेरिनरी प्रयोगशाला गाउँमै

नौगाड गाउँपालिकाले पहिलो पटक गाउँमै भेटेरिनरी प्रयोगशाला स्थापना गरेको छ । पशुचौपायामा लाग्ने विभिन्न रोग निराकरणका लागि पहिलो पटक भेटेरिनरी प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला सङ्घीय सांसद एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले शुभारम्भ गर्नुभयो ।

प्रयोगशाला स्थापनासँगै सामान्य रोगको परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हटेको छ । पशुचौपायामा देखिने रोग तथा गोबर परीक्षणका लागि धनगढीसम्म जानुपर्ने झन्झट अन्त्य भएको गाउँपालिकाका योजना शाखाप्रमुख नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो । यो क्षेत्रमा अधिकांशले पशुपालन गरेका छन् । पशुपालक कृषकहरुका लागि भेटेरिनरी स्थापनाले सहयोग पुग्नेछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय