latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने
सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको जानकारी दिनुभयो । यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने गर्छन् ।

प्रजिअ खत्रीले भन्नुभयो, “गाउँपालिकाले पाँचकोठे भवनको व्यवस्था गर्नेबित्तिकै कार्यालय स्थानान्तरण हुने छ ।” गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जिल्ला प्रशासन बाँकेको पत्र प्राप्त भएपछि आफूहरू भवनको खोजीमा लागेको जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न माग गर्दै नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रजिअ खत्रीलाई बुझाएका थिए । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय विसं २०७२ मा असुरक्षाको कारण देखाई नेपालगञ्जमा विस्थापित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय