latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

स्वास्थ्य चौकीको भवन निर्माण
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि धवलागिरिले रु २६ लाख र गुड नेवर्स इन्टरनेशनल नेपालले रु आठ लाख ३९ लाख ८३७ सहयोग गरेका उपभोक्ता समितिका सचिव गणेश खत्रीले बताउनुभयो । “धारापानी काठमाडौँ समाजको रु १० हजार, धारापानी मगर सङ्घको रु २५ हजार, सिर्जनशील हिमाली युथ क्लबको रु १० हजार लगानी भएको छ”, उहाँले भन्नुभयो, “भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ ।”

साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकमस्थित वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक भएपछि विसं २०७७ माघमा धारापानीमा स्वास्थ्यचौकी स्थापना भएको थियो । किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो । एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी रहेको स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका वडाध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो ।

“भवन निर्माण भएपछि स्वास्थ्यचौकीको सेवाप्रवाह सहज भएको छ”, उहाँले भन्नुभयो, “प्रशासनिक, औषधि भण्डारण, बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ ।”

भवन बनाउन सघाएको गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङगम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालित छ । सङ्गमले शिक्षा, आयआर्जन साथै बालअधिकार बाल संरक्षणलगायतका क्रियाकलाप सञ्चालन गरेको छ । कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय