latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन ः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । उहाँले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताउनुभयो ।

“माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,” मन्त्री पौडेलले भन्नुभयो । उहाँले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयोभन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय