latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार बुढाथोकी र साहलाई
नेपाल पत्रकार महासङ्घ मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ बाट यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गर्ने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष सञ्जीव खनालको सभापतित्वमा आज बसेको बैठकले रु ५० हजार ५१ राशिको षष्टिका बस्नेत पुरस्कार बुढाथोकी र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार साहलाई दिने निर्णय गरेको छ । बुढाथोकी टक्सार म्यागजिनका प्रधान सम्पादक र साह कान्तिपुर दैनिकका मोरङ संवाददाता हुनुहुन्छ ।

महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा यही चैत १६ गते विराटनगरमा सो पुरस्कार वितरण गरिने मोरङ सचिव नेत्र पी अधिकारीले जानकारी दिनुभयो । विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्मृतिमा अक्षयकोष स्थापना गरी सूचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियन्ता तथा पत्रकारलाई प्रदान गर्न उक्त पुरस्कारको स्थापना गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय