latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बाँसबारीमा मदन भण्डारी आँखा अस्पताल सञ्चालन
उदयपुरको बोक्से बाँसबारीमा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ । नयाँ आँखा अस्पताल चलेपछि दुई दिनमा २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खोटाङ, उदयपुर, सिन्धुलीसहितका बिरामी उपचारका लागि आउने क्रम जारी रहेको र हालसम्ममा २७० जनाले उपचारका लागि नाम दर्ता गराइसकेको बताउनुभयो । दुई वर्षअघि नै निर्माण सम्पन्न भएको भवनमा नयाँ आधुनिक प्रविधि तथा उपकरणको व्यवस्था गरिएपछि बिरामीको आँखाको शल्यक्रियासहितको सेवा अस्पतालबाट उपलब्ध गराउन सुरु गरिएको हो । भवन निर्माणका लागि त्रियुगा नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराएको समितिका सदस्य कुमार घिमिरे बताउनुहुन्छ ।

जापानको एक करोड र पूर्वसहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहितले तीन करोडभन्दा बढीको आर्थिक सहयोग गरेपछि सो भवन बनेको बताइएको छ । २०७६ सालमा नै स्वास्थ्य मन्त्रालयको एक करोड सहयोगमा भारत तथा जर्मनबाट आँखा उपचारका लागि आवश्यक उपकरण तथा प्रविधि खरिद गरेर ल्याइएको र दुई वर्षअघि नै अस्पताल सञ्चालन गर्ने योजना रहेको भए पनि कोभिड–१९ को कारण समस्या हुँदै आएको थियो । तत्कालका लागि आँखा अस्पताल सञ्चालन गर्न प्रदेश नं १ सरकार, त्रियुगा नगरपालिकासहित जिल्लाका आठ पालिकाले आर्थिक सहयोग गर्ने सम्झौता भएको समितिका सदस्य महेश्वरी राईले बताउनुभयो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय