latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

ज्येष्ठ नागरिकको अनुभव अनुशरण गर्नुपर्ने
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले ज्येष्ठ नागरिकको अनुभवलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे« गाउँपालिका–६ भेडावारीस्थित बराह माविमा शुक्रबार आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उहाँले समाजलाई सुसंस्कृत र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्नुभयो । सभ्य समाज निर्माणमा अग्रजको अनुतलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री बरालले राज्यका गहनाका रुपमा रहेका ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्दै माया र ममताका साथ घरमै संरक्षण गरेर राख्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

पोखरा वृद्धाश्रमको आयोजना एवं प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयका दश जोड दुईका ३७ विद्यार्थी र १५ ज्येष्ठ नागरिक बीच अनुभव आदानप्रदान गरिएको आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा डा निल शर्माले ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षा र दिनचर्याबारे, वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकलाई आयआर्जनमा जोडन सकिनेबारे र विश्व हिन्दू महासङ्घका सल्लाहकार शालिकराम सापकोटाले परम्परागत संस्कृतिको जगेर्नामा युवा पुस्ताको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत गोविन्द सापकोटा, प्रशिक्षक डा अनिल थापा, विद्यालयका प्राधानाध्यापक मीनराज अधिकारीलगायतले ज्येष्ठ नागरिकको ज्ञान सिपलाई पुस्तान्तरणमा राज्यकोे भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय