latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

विद्यालय भवन हस्तान्तरण
मध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा दुई नयाँ भवनको नेकपा (एमाले)का पोलिट ब्यूूरो सदस्य महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

विसं २००७ मा स्थापना भएको यो विद्यालयले जिल्लाकै गौरबको रूपमा रहेको चर्चा गर्दै उहाँले नयाँ भवनमा अब विद्यार्थी ल्याउने चुनौति थपिएको बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो, “सामुदायिक विद्यालयमा किन स्थानीय विद्यार्थी आउँदैनन्, आए पनि किन पुरुष विद्यार्थी आउँदैनन्, छोरी मात्रै आउँछन्, यो विषयलाई गम्भीर ढङ्गले छलफल गर्दै स्थानीय सरकारले विद्यार्थी बढाउन पहलकदमी लिनैपर्छ ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले नगरपालिकाकै पुरानो विद्यालयले नयाँ जीवन पाएको चर्चा गर्नुभयो । कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापनका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले नेपाल सरकार र एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइको विपद् उत्थानशील विद्यालय परियोजनाअन्तर्गत रु पाँच करोड ४७ लाखको लागतमा आठ कोठे र नौ कोठे दुई वटा सुविधा सम्पन्न नयाँ भवन बनेको जानकारी दिनुभयो ।

अपाङ्गमैत्री, सुविधा सम्पन्न भवनमा नयाँ फर्निचर, आइटी ल्याव एवं प्रविधिसम्मको जडान गरी सुविधा सम्पन्न बनाइएको बताउँदै उहाँले विद्यालयले गुणस्तरीय शिक्षा दिएर विद्यालयलाई उत्कृष्ट बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालयकी प्रधानाध्यापक चरणकेशरी श्रेष्ठले पुरानो जीर्ण भवनबाट नयाँ र सुविधा सम्पन्न भवनबाट पढाइ सञ्चालन गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय