latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ’ भन्नुभयो ।

मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताउनुभयो । ‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उहाँले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताउनुभयो । कांग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिनुभयो ।

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नेताहरूले आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै मन्त्री कार्कीले केन्द्रीय समितिले गर्ने निर्णयलाई सबैले मान्ने पराम्परा विसं २००७ देखि चलिआएको स्मरण गर्नुभयो । उहाँले पार्टीको १४ औँ महाधिवेशनपछि सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहना नेकांलाई मुलुकको सबैभन्दा ठूलो, शाक्तिशाली पार्टी निर्माण गर्ने तथा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नेतृत्व लिने उद्देश्यले कार्यकर्ता अहोरात्र मेहनत गरिरहेको बताउनुभयो । मन्त्री मन्त्रीमण्डल विस्तार सम्बन्धमा कुनै जानकारी नरहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले चीनका विदेशमन्त्रीलाई नेपालले हार्दिकताका साथ स्वागत गर्ने विश्वास दिलाउँदै मुलुकको विकासका निम्ती छिमेकी र मित्र राष्ट्र तथा दातृ निकायसँग राष्ट्रिय हितका आधारमा छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय