latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सीमाविद् श्रेष्ठको पुस्तक सार्वजनिक
सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा नेपालको सीमा मिचिएको विषयमा प्रमाणसहित लेखिएको पुस्तकर ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स अफ नेपाल’ को आज राजधानीमा एक समारोहका बीच विमोचन गरिएको छ । गोरखा एक्सप्रेस साप्ताहिकको आयोजनामा साहित्यकार तुलसी दिवस, उक्त साप्ताहिकका सम्पादक राजन कार्की, राजनीतिक विष्लेषक सुरेन्द्र केसी र लेखक तथा अन्वेशक डा प्रेमसिंह बस्नेतले संयुक्त रूपमा प्रस्तक सार्वजनिक गर्नुभएको हो ।

लेखक तथा सीमाविद् श्रेष्ठले उक्त पुस्तक भारतले नेपालको सीमा क्षेत्र मिचेको प्रमाणसहितको दस्तावेज भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तकमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा सोह्रैआना नेपालको हो भन्ने ९० वटा नक्सासहितको प्रमाण पेश गरेको छु ।” उहाँका अनुसार पुस्तकमा लिम्पियाधुरा शिर भएर बग्ने काली नै सीमाना हो भन्ने कुरा तत्थहरूबाट स्पष्ट हुने बताउनुभयो । भारतले सन् १९६२ मा चीनसँगको युद्धका बेला ओगटेको र सोही समयदेखि अहिलेसम्म नछाडेको उहाँले बताउनुभयो । सो क्षेत्रमा ३७२ वर्ग किलोमिटर नेपालको भूभाग मिचिएको छ ।

नेपालको सबैभन्दा बढी क्षेत्रफल मिचिएको र पेचिलो बनेको विषय यही हो गत वर्ष सरकारले सो भूभाग समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । यस्तै अर्को सीमा विवाद नवलपरासीको सुस्तामा छ । त्यहाँ १४५ वर्ष किलोमिटर नेपालको भूभाग मिचिएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यी दुई ठाउँँसहित नेपालका ७१ स्थानमा भारतसँगको सीमा विवाद रहेको र चीनसँग पनि यदाकदा विवाद आएको बताउनुभयो ।

उहाँले यस समस्याको समाधानको अचुक उपाए भनेको छलफलद्वारा निकास निकाल्ने नै हो भन्नुभयो । उहाँले वार्ताबाट नमिले तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्नुपर्ने नभए संयुक्त राष्ट्र सङ्घ या अन्तर्राष्ट्रिय अदालतबाट छिनोफानो गर्नुपर्ने कुरा पुस्तकमार्फ सुझाएको बताउनुभयो । तर नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिनुपर्नेमा उहाँको जोड थियो । यही पुस्तकको आधारमा भारतसँग वार्ता गर्ने हो भने भारतीय सेना हटाउन सकिने लेखक श्रेष्ठको दाबी छ ।

लेखक तथा अन्वेशक डा प्रेमसिंह वस्नेतले एमसिसीका कारण नेपालको सीमा क्षेत्रको अतिक्रमण ओझेलमा परेको भन्दै मौसमी विरोधको अवस्थाले नेपाल कमजोर बनेको बताउनुभयो । उहाँले भारतीय सेनाका अधिकारीहरू नेपालको मानार्थ उपाधि लिएर पनि सीमाको विषयमा भारतको वकालत गरिरहेका तर नेपाली सेनाले आफ्नो पक्षबाट सीमाको विषयमा नबोल्नु विडम्बना भएको बताउनुभयो । उहाँले श्रेष्ठको पुस्तकमा नेपाल सरकारका लागि एउटा गीता भएको उल्लेख गर्दै पढ्दै गर्दा छिमेकी राष्ट्रले सबै क्षेत्रमा सीमा मिचेकै हो भन्न प्रमाणित हुने गरी लेखिएको बताउनुभयो । नेपालको सीमा क्षेत्र चीनसँग जोसिडएको एक हजार ४३९ किलोमिटर लामो छ भने भारतसँग एक हजार ८८० किलोमिटर लामो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय