latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मुख्यमन्त्री राउतद्वारा भवन शिलन्यास
अलपत्र परेकाहरूलाई गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्दै आएको पर्साको वीरगञ्जस्थित मानवसेवा आश्रमले भवन निमार्ण सुरु गरेको छ । उक्त भवनको एक समारोहबीच आज मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभयो । शिलान्यासको अवसरका मुख्यमन्त्री राउतले आश्रम निर्माणमा लाग्ने खर्चका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मानवसेवा आश्रमले गर्दै आएको समाजसेवी कार्यप्रति प्रशांसा गर्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसमेतको उपस्थिती थियो । भवन निर्माणमा लगभग रु १८ करोड लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । प्रदेश सरकार स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहकार्यमा भवन निमार्ण गरिने संस्थाको योजना छ । आश्रमको भवन निर्माणका लागि महानगरपालिकाले रु ५० लाख सहयोग पनि उपलब्ध गराएको छ । जसमध्ये रु २५ लाखबाट आश्रम अगाडिको रहेको जग्गालाई बाटो प्रायोजनका लागि खरिद गरिएको छ र बाँकी २५ लाखबाट माटो पूर्ण र अन्य प्रारम्भिक काम भइरहेको छ ।

वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको लगभग १८ कठ्ठा क्षेत्रफलमध्ये १४ कठ्ठामा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठा, हेरचाहमा खट्नेका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसहितको भवन निर्माण गरिने आश्रमले जनाएको छ । बाँकी रहेको जग्गामा घुमघाम गर्नका निमित्त पार्क र अन्य रचनात्मक गतिविधिका लागि खाली रहने छ । निर्मित भवनले भोजपुरी कला संस्कृतिलाई झल्काउने, वातावरण सुहाउँदो र भूकम्प प्रतिरोधी हुने बताइएको छ ।

मानवसेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ । मानवसेवा आश्रमले विसं २०८० भित्रमा आश्रम शाखाको भवन बनाइसक्ने, विसं २०८१ सम्म जनचेतना फैलाउने र विसं २०८२ वैशाख १ गते औपचारिकरूपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । विसं २०७४ जेठ १५ गते स्थापना भएको मानवसेवा आश्रम वीरगञ्ज शाखामा छ बालबालिकासहित ६२ जना आश्रित छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय