latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता
नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आफ्नो पूर्व रेकर्ड गरिएको सम्बोधनमा उहाँले जिसीएममा नेपालको प्रतिबद्धतालाई जोड दिँदै पारस्परिक विकासका लाभ सुरक्षित गर्न आप्रवासीको योगदानलाई अधिकतम बनाउने तथा गन्तव्य देश, क्षेत्रीय परामर्शदात्री समूहका साथै अन्य निकायसँगको साझेदारी र सहयोग अपरिहार्य भएको बताउनुभयो । परराष्ट्रमन्त्री खड्काले सन् २०१८ मा जिसीएमको अनुमोदन अन्तर्राष्ट्रिय आप्रवासनमा ऐतिहासिक कोशेढुङ्गा भएको बताउँदै त्यसका बहुआयामिक पक्षलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि रूपरेखा कोरोको उल्लेख गर्नुभयो ।

“पहिलो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चमा रचनात्मक सहभागिता जनाउन नेपाल इच्छुक छ, सुरक्षित, व्यवस्थित र नियमित बसाइँसराइको दृष्टिकोणलाई साकार पार्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल तत्पर छ”, सुरक्षित आप्रवासनको पक्षमा नेपालले सधैँ पैरवी गर्दै आएको स्पष्ट गर्दै उहाँले भन्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय