latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटोअघि बढाउन गृहकार्य थालेका छौँ ।” उहाँले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने बताउनुभयो । सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उहाँले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सर्वसाधारणको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताउनुभयो ।

सो अवसरमा शहरी विकास सचिव डा रमेशप्रसाद सिंहले सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताउनुभयो । सो अवसरमा सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल, नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोला र नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन राख्न लागिएको जानकारी दिँदै सिंहदरबारभित्र सडक बत्ती व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो । नेपाल टेलिकमकी प्रतिभा वैद्यले ‘सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरू व्यवस्थित बनाइने छ’ भन्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय