latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई÷दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए ।

रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४–० ले जित दिलाए । जितसँगै टुसाल युथ आठ खेलमा ११ अङ्क जोडेर छैटौँ स्थानमा उक्लिएको छ । लिगमा १४ क्लब सहभागी छन । शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय