latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

करेन्ट लागेर मजदुरको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ । मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । ठेकेदारमार्फत विद्युत् विस्तार काम गर्ने क्रममा ११ हजारको तारमा पोलमा भएको फालामे दण्डी छुन गई करेन्ट लाग्दा महतोको मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख विनोद यादवले जानकारी दिनुभयो । मृतक परिवारलाई क्षतिपूर्ति प्रदान गरिने उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय