latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो
तानसेन नगरपालिका–५ स्थित बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएको छ । ढुङ्गाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू्–भाग रातारात अतिक्रमण गरी बनाइएका १३ वटा टहरा डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भत्काएको हो ।

अन्य सार्वजनिक क्षेत्रमा बनेका घरटहरा पनि भत्काउन २४ घण्टे ‘अल्टिमेटम’ दिइएको छ । सार्वजनिक जग्गा मिचेर विभिन्न टहरा बनाइ अतिक्रमण गर्न थालेको जानकारी पाउनासाथ स्थानीय वन उपभोक्ता र प्रहरी कार्यालयसमेतको सहभागितामा उनीहरुलाई हटाइएको उक्त कार्यालयका निमित्त डिभिजन वन अधिकृत संयोग बस्नेतले बताउनुभयो ।

विभिन्न बाहना बनाएर रातारात घरटहरा बनाएर सार्वजनिक जग्गा हडप्न थालिएकाले त्यसलाई रोक्न यहाँ बनाइएका संरचना भत्काइएको मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तुलबहादुर रावलले बताउनुभयो ।

अतिक्रमणकारीले दिउँसो, राति तथा साँझको समयमा २०–२० हातको मोहडाले करिब दुई हजार ५०० घडेरीमा किला गाडी अतिक्रमण गरेका थिए । अतिक्रमित २०० रोपनी जग्गा त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवनको क्षेत्रको र १०० रोपनी सोही आसपासको जग्गा रहेको छ ।

अतिक्रमणकारीले नगरपालिकामा तिरो तिरेर टहरा बनाउन अनुमति पाएकोे बताएका थिए । समयमै जानकारी नदिई टहरा भत्काउँदा उनीहरु आक्रोशित भएका थिए । जिल्लाका नेतृत्व तहमा रहेका केही जनप्रतिनिधि तथा नेताहरुको समेत जग्गा यसै क्षेत्रमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय