latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मकवानपुरमा मात्र रहेको वनकरिया समुदायको माग राज्यले पूरा गर्न सक्ने बताउनुभएको छ ।

वनकरिया समुदायमा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको स्थानीय तहहरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तालिममा उहाँले वनकरियाको गाँस, बास र कपासको जिम्मा राज्यको रहेको र त्यसमा पनि अति लोपोन्मुख जातिका रूपमा रहेको यस समुदायको माग सम्बोधन गर्नुपर्ने प्रमुख शर्माको भनाइ छ ।

वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर उहाँले वनकरियाको समस्या समाधान गर्नेमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनको क्षेत्रमा बसोबास गर्दै आइरहेको उक्त बस्तीलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो ।

उहाँले वनकरिया बस्ती नजिकै रहेको विपन्न चेपाङ बस्तीसहित बस्ती स्थानान्तरण गरिने बताउनुभयो । आफ्नो समस्या सम्बन्धित निकायमा भन्नलाई समेत शिक्षाको आवश्यकता पर्ने जनाउँदै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अनुरोध गर्नुभयो ।

वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या भनेको जग्गाको रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय