latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

थप ३५ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा २६६ कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोहीको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् ।

नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा दुई हजार १७९, संस्थागत आइसोलेशनमा ४०, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय