latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गर्नुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटीको बैठकको आजको कार्यबाही सुरु हुनुअघि अध्यक्ष ओलीले उक्त पुस्तकको विमोचन गर्दै वर्तमान सन्दर्भमा मुलुकको राजनीतिक यात्रा र समृद्धिको लक्ष्यलाई थप स्पष्ट पार्न पुस्तकले भूमिका खेल्ने बताउनुभयो । उहाँले पार्टीका नेता–कार्यकर्तालाई लेखपढ र प्रकाशनमा ध्यान दिन आग्रह गर्दै राजनीतिक सङ्घर्षको प्रतिफलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

समसामयिक राजनीतिक स्थिति र एमालेको अवधारणामा आधारित सो कृति राष्ट्रिय युवासङ्घ नेपालले प्रकाशन गरेको हो ।

पार्टी प्रवेश

सोही कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो । प्रवेश गर्नेमा गत निर्वाचनमा काठमाडौँबाट बागमती प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका विवेकशील साझा पार्टीका दिपेश वैद्य, सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)का भूपालसिंह राई, दाङस्थित माओवादी केन्द्रका नेता प्रमोद शर्मालगायत हुनुहुन्छ ।

बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक अहिले जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय