latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

श्यामप्रसादको सालिक बेलबारीमा
प्रगतिशील लेखक सङ्घ नेपालका संस्थापक श्यामप्रसादको सालिक मोरङ बेलबारीमा स्थापना गरिँदै छ । प्रलेसको १२औँ राष्ट्रिय सम्मेलनका पूर्वसन्ध्यामा यही चैत १२ गते सालिकको अनावरण हुने भएको छ ।

केवलपुरे किसान, बालकृष्ण पोखरेल आदिको सहभागितामा विसं २००९ असोज ५ गते वीरगन्जमा साहित्यकार भवानी घिमिरेले संस्थाको उद्घाटन गर्नुभएको थियो । प्रलेसको नयाँ नेतृत्व चयनका लागि आगामी राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा हुँदै छ । सम्मेलनका लागि आयोजक समितिसहित व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचारप्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गरिएको छ । राष्ट्रिय सम्मेलनअघि हालसम्म ३३ जिल्ला सम्मेलन र ६ प्रदेश सम्मेलन भइसकेको प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो ।

मुलुकका सबै वाम घटक आबद्ध लेखक एवं स्रष्टाको पुरानो संस्था प्रलेसका सम्मेलनका अवसरमा मुलुकका सात प्रदेशको इतिहास समेटिएको ‘प्रलेस’ २६ औँ विशेषाङ्कका साथै नेपाली, मैथिली, मगर, लिम्बू र गुरुङ भाषाको ‘प्रलेस इतिहास भाग १’ पनि सार्वजनिक गरिने छ । प्रलेसको प्रदेशगत इतिहास लेखन क्रमशः डा देवी दुलाल क्षत्री, रमेशरञ्जन झा, डा रजनी ढकाल, डा कृष्णराज अधिकारी, पद्मप्रसाद शर्मा, डा दीपक गौतम र डा पुष्करराज भट्टले गर्नुहुने छ । त्यस्तै ‘प्रलेस इतिहास भाग १’ का लागि कपिल लामिछाने र विनयकुमार कसजु, रोशन जनकपुरी, लोकबहादुर थापा, डा विजय सुब्बा, रत्नबहादुर गुरुङका लेख समाविष्ट हुने छ । प्रलेसले यसअघि ‘चालिस दशकका प्रगतिशील कविता’ प्रकाशन गरिसकेको छ ।

प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न पूर्वाध्यक्ष स्व आनन्ददेव भट्टकी जीवन सङ्गिनी सुशीलाले थप रु दुई लाख तथा प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ अध्यक्ष डा गिरीले रु एक लाख प्रदान गर्नुभएपछि हाल प्रलेसको कुल कोष रु साढे ६ लाख छ । प्रलेसका लागि चार प्रदेशबाट पत्रिका प्रकाशन भइरहेका छन् । संस्थामा करीब दुई हजार सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय