latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी
गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।भिटोफका महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । आफूलाई अब्बल सावित गर्दै निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाउनुभएका दुवै प्रत्यासीले व्यवसायीसँग छुट्टाछुट्टै भेटघाट र एजेण्डाबारे छलफल गरेर आफ्नो पक्षमा माहोल बनाउन जुटिरहनुभएको छ ।

पाण्डेले भिटोफमा व्यावसायिक नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भिटोफको अवधारणालाई व्यावहारिक कार्यान्वयनका लागि यसपटक नेतृत्वमा आउन चाहेको उल्लेख गर्नुभयो । अर्का प्रत्यासी थापाले निर्वाचनमा माहोल बनाउन व्यवसायीसँग भेटघाट र अन्तक्र्रिया जारी रहेको बताउनुभयो । उहाँले भिटोफको उद्देश्यअनुरुप प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउन आफूले प्रयत्न गर्ने बताउनुभयो ।एघार सदस्यीय कार्यसमिति रहेको फिटोफको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ भने अन्य पदमा निर्विरोध भइसकेको जनाइएको छ । कोषाध्यक्ष पदका लागि गौरी उप्रेती र सकुन्तला देवकोटा प्रतिस्पर्धी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय