latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सुनकोसीको पानीः पाँचखालका सात हजारलाई
पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्ररूपमा अघि बढेको छ । निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ । पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको हो । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण केही समय पर धकेलिएको आयोजनाको कामलाई तीव्र पारिएको छ । नगरमा खानेपानीको व्यवस्थाका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदी किनारमा इनार निर्माणका साथै लिफ्टिङ प्रविधि जडान पानी तान्ने व्यवस्था गरिएको छ ।

हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको समितिका अध्यक्ष कुमार लामछिानेले बताउनुभयो । उहाँका अनुसार आयोजनाको भौतिक पूर्वाधारको काम ६० प्रतिशत भइसकेको छ । कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पु¥याएका कारण आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयवासीका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ थियो ।

परियोजनाका लागि २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । आयोजना विसं २०७९ पुस महिनाभित्रै पूरा गर्नुुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको काम नेपाली कम्पनी कन्काइ विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले गरिरहेका हुन् । निर्धारित समयसीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबै परिचालन भइरहेका जनाइएको छ ।

अध्यक्ष लामिछानेका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेनटेसन ट्याङ्की दुई, ¥यापिड–स्याण्ड फिल्टर एक, प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन १८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू, सरसफाइका संरचनाहरू र दुई शौचालय निर्माण भइरहेका छन् ।उक्त आयोजनाका लागि रु दुई अर्ब २१ करोडको लागत अनुमान गरिए निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने ठेक्का सम्झौता गरेको थियो । सम्झौता शर्तअनुसार कूल लागतकोे पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय