latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

वर्षौपछि भूमिहीनले पाए पुर्जा
बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको थियो ।

उनीहरुले घर तथा खेती गर्दै आएतापनि दुःख पर्दा बिक्री तथा बैंकमा धितो राख्नलगायतका कार्यबाट बञ्चित हुँदै आएका थिए । उनीहरुलाई करिब छ ब्लकमा गरेर पुर्जा वितरण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाइ भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाउनुभएका भीमबहादुर गुरुङले जानकारी दिनुभयो । “पुर्जा नपाइकनै मरिन्छ होला भन्ने सोचेको थिएँ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि पुर्जा पाइयो, खुसीको सीमा छैन ।”

यसैगरी पुर्जा पाएका अर्का व्यक्ति नरबहादुर थापाले पुर्जा हातमा परेपछि बैंकबाट धितो राखेर ऋण लिएर व्यवसाय गर्न सजिलो भएको बताउनुभयो । विगत लामो समयदेखि भूमिहीन बन्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुर्जा पाएपछि खुसीले गद्गद् भएको वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

पुर्जा वितरणकार्य लामो समयदेखि रोकिराखेको हुँदा त्यस क्षेत्रका बासिन्दालाई पुर्जा प्रदान गर्न नसकिएकाले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “ढिलै भए पनि पुर्जा हस्तान्तरण गर्न पाउँदा उनीहरुले राहतको महसुस गरेका छन्”, उहाँले भन्नुभयो । सेतो पुर्जा वितरणका लागि पनि फाराम भर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

भूमि व्यवस्था सहकारी तथा निवारणमन्त्री शशि श्रेष्ठ र नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले बुधबार संयुक्तरूपमा पुर्जा हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय