latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताउनुभयो । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय