latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छ ः कांग्रेस नेत्री डा देउवा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाउनुभएको छ ।

बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाउनुभएको हो । उहाँले भन्नुभयो, “अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत गर्दछ र हरेकको चिन्तनमा सकारात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।”

समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरुको समाधानसमेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा देउवाले “अध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई अफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।”

आफू बिरामी भएर करिब सात महिना जापान बसेका समयको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “म बिरामी भएर जापानमा सात महिना बसेँ, त्यहाँ सबैसँग अन्तक्र्रिया गर्न मलाई भाषाको समस्या थियो, त्यस समयमा म अध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगेँ, यसले मेरो उपचार प्रक्रियामा पनि म आफैँलाई प्रेरणा प्राप्त भएको अनुभव गरेँ र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेको छ ।”

उहाँले मानवीय जीवनमा नै डा मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश तथा मन्त्रको ठूलो प्रभाव रहने विचार राख्नुभयो । मणिभद्र महाराजको तपस्या प्रेरणादायी रहेको चर्चा गर्दै कांग्रेस नेत्री डा राणाले भन्नुभयो, “उहाँ ४० वर्षदेखि हिँड्दै आउनुभएको छ । ८५ हजार किलोमिटर हिँड्ने उहाँको क्षमता र आत्मशक्ति अतुलनीय छ ।”

सो स्वागत कार्यक्रममा डा मणिभद्र मुनीजी महाराजले साधनाको माध्याबाट मानिसले आफूलाई शान्त बनाउन प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको वैज्ञानिक युगमा पनि अध्यात्मिक चिन्तन एवं साधनाको सबैभन्दा ठूलो शक्ति रहेको भन्दै मानिसले साधनाबाट नै धेरै प्राप्त गर्नसक्ने बताउनुभयो ।

आफू शान्त भएपछि मात्र अरुलाई शान्तिको सन्देश दिन सकिन्छ भन्दै उहाँले दुःखमा कोही पनि आत्तिनु नहुने र भगवान राम, कृष्ण र महावीरको जीवनमा पनि दुःख आएको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा पूर्वसांसद शङ्कर पाण्डे, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, बिपी चिन्तन अन्तर्राष्ट्रिय समितिका सन्दीप रानालगायतले अध्यात्म र डा मणिभद्र महाराजको बारेमा चर्चा गर्नुभयो । मेचीबाट पैदलयात्रा गरेर नेपाल प्रवेश गर्नुभएका डा मणिभद्र महाराज एवं विराज मुनीजी महाराज पोखरा हुँदै धनगढी पुग्नुभएको हो । उहाँहरु अब कञ्चनपुरको गड्डाचौकी हुँदै भारत जानुहुनेछ ।

डा मणिभद्र मुनीजी महाराज जैन धर्मावलम्बीका गुरु हुनुहुन्छ । उहाँले शान्ति र अहिंसाको कामना गर्दै पदयात्रा गर्नुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय