latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । उहाँका अनुसार प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

कोही–कसैले विनाइजाजतका भरुवा तथा एअर गन राखेको भए आगामी चैत २२ गतेभित्र स्वतस्फुर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय