latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कांग्रेसमा एकता जरुरी : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताउनुभएको छ । उहाँले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताउनुभयो ।

“कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु”, पूर्वमन्त्रीसमेत रहनुभएका महतले भन्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांगे्रसमय हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।”

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिम मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गर्नुभयो । “कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्र्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ”, उहाँले भन्नुभयो । पार्टी सत्तामा हुँदा र नहँुदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै रहेको उहाँले दाबी गर्नुभयो ।

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ÷नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सो अवसरमा धुलिखेल नगरस्थित नेकपा (एमाले)लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टीका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला अध्यक्ष तिर्थ लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय