latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

योगले मानवलाई तन्दुरुस्त बनाउँछ ः वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उहाँले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताउनुभयो । उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिकरूपमा योग गर्नुपर्नेमा जोड दिनुभयो । यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय