latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ । प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो ।

तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन । मनमोहक झरनाको अवलोकन गर्न न्यून सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । बिजौरीबाट करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त झरनालाई पर्यटकीय गन्तव्य बनाउन ठोस कदम चाल्नुपर्ने स्थानीय प्रविर पुन बताउनुहुन्छ ।

“मनमोहक झरनाको हामीले प्रचारप्रसार गर्न सकेका छैनौँ । यसको प्रचार–प्रसार गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उक्त झरनाको लम्बाइ ३० मिटर रहेको छ । झरनाभित्र एउटा गुफासमेत छ । त्यसले पनि पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीय पलबहादुर खड्काले बताउनुभयो । “त्यहाँसम्म पुग्न सडक निर्माण आवश्यक छ”, उहाँले भन्नुभयो ।

झरनामा खानीखोला, राजा पँधेरो र तिनुखोलाको पानी मिसिएको छ । झरनाको सिरानमा दुईवटा ताल छन् । तीमध्ये एउटालाई ‘ताउले’ र अर्कोलाई ‘घैटे’ ताल नामकरण गरिएको छ । एउटाको आकार ताउलोजस्तो तथा अर्को घैटोजस्तो छ । तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगी झरनाको प्रचारप्रसारका लागि काम अघि बढाइएको बताउनुहुन्छ । “यसको विकासका लागि गुरुयोजना बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय