latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना
विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो ।

यसअघि सोही विद्यालयमा गोयलले रु चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गर्नुभएको थियो । कार्यक्रममा संरक्षक गोयल र दाता मनोज गोयलले सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने २२ छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गर्नुभयो । विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कक्षा ६ देखि ११ सम्मका छात्रछात्रालाई रु ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । गोयलले सोही विद्यालयमा अध्ययन गरेकी बुहारी सुमनदेवीको स्मृतिमा उक्त छात्रवृत्ति घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय