latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

विकासको खाका बनाई नेकपा(एस) चुनावमा होमिने
नेकपा (एकीकृत समाजवादी)को बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा कार्यालय उद्घाटन गरिएको छ । पार्टीका काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीले सोमबार वडा कार्यालयको उद्घाटन गर्दै पार्टीले स्थानीयवासीसँग छलफल गरी नगरपालिकाको पाँचवर्षे विकास खाका तयार गर्ने जानकारी दिनुभयो । वाग्मती प्रदेशसभा सदस्य कार्कीले जनतामाझ आफ्ना योजना लगी त्यसलाई पूरा गर्ने प्रतिबद्धताका साथ पार्टी आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुमार ओझाले स्वच्छ र इमान्दार नेतृत्व रहेको आफ्नो पार्टीमा सहभागी हुन र निर्वाचनमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो । पार्टी केन्द्रीय सदस्य सीता श्रेष्ठ, पार्टी वाग्मती प्रदेश सदस्य ठाकुर खकुरेल, पार्टी वडा कमिटीका अध्यक्ष केदार चौलागाईँ, नगर कमिटी सदस्य हरिबहादुर बस्नेत र पार्टी वडा सचिव विश्वबल्लभ नेपालले आगामी निर्वाचनमा सफलता प्राप्त गर्नका लागि सबै नेता–कार्यकर्तालाई जनताका घरघरमा जान आग्रह गर्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय