latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

बिडारीको नेतृत्वमा आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन
नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ ।

उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा बालकृष्ण चापागाईँ, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी हुनुहुन्छ । विभागमा महासङ्घका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको छ ।

महासङ्घको हालै तिलौराकोटमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस क्षेत्रको हित संवद्र्धनका लागि केही विभाग तथा समिति गठन गरेको थियो । विभागका प्रमुख बिडारीले उक्त विभागमा प्राज्ञिक तथा प्रभुत्व वर्गको प्रतिनिधित्व गराई विश्व परिवेशमा देखिएका आमसञ्चार तथा पत्रकारिता क्षेत्रका सैद्धान्तिक, व्यवहारिक र प्राज्ञिक पक्षमा बहस छलफल गरी यस क्षेत्रको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आमसञ्चार तथा पत्रकारिताको अध्ययन तथा अध्यापन हुने देशभरका विश्वविद्यालयसँग समन्वय गरी सातै प्रदेशमा बृहत् प्राज्ञिक सभा गर्ने विभागले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी, विज्ञ, प्राज्ञिक व्यक्तिलाई विभागमा थप गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय