latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो ।

‘बालबालिकाको इच्छा, प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई पठनपाठनमा प्रयोग गर्ने गरी उक्त बोल्ने किताबलाई प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

प्रतिसेट रु ६५ हजार लागतमा ३३ वटा बोल्ने किताबको सामग्री खरिद गरी सबै विद्यालयलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट विनियोजन भएको रु २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतीय कलमलगायत सामग्री खरिद गरी शिक्षकहरूलाई अभिमुखीकरणसमेत गरेर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

विद्यालयहरूले बालकक्षादेखि ५ कक्षासम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन् । प्रविधियुक्त बोल्ने किताब शिक्षण विधिले विद्यार्थीलाई आकर्षण गरेको रघुगङ्गा–३ को ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले बताउनुभयो । “मनोरञ्जन र ज्ञानवद्र्धक कुरालाई समेटिएको किताबमा कलमले देखाउँदा आफैँ बोलेर पढाउने भएकाले विद्यार्थीलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ, शिक्षणमा प्रविधिको प्रयोगलाई बढवा दिन यसले थप प्रेरित गरेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय