latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मुस्ताङमा बढे पर्यटक
हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिनुभयो ।

“सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उहाँले भन्नुभयो “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ ।”

म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र दुई सयका दरले मुस्ताङमा पर्यटकका सवारी साधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोष्ट र भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्र्ने र बाहिरिने सवारी साधनको अभिलेख राख्ने गरेको बताउनुभयो ।
कोरोनाविरुद्धको खोपको पहुँच बढेपछि सङ्क्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटको जमघट देखिन्छ ।

आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा आएका जोमसोम निवासी सम्झना थकालीले बताउनुभयो । चीनको सिमानास्थित कोरला नाकासम्म नै सडक पुगेको छ । यातायातको सहज पहुँच र यात्राको खर्च सस्तो हुनाका साथै समय पनि छोटिएको छ । विसं २०७६ चैत महिनादेखि कोरोना (भाइरस)को महामारी फैलिएपछि पछिल्ला दुई वर्ष मुस्ताङमा पर्यटकीय गतिविधि सुनसान थियो । पर्यटक नआउँदा करोडाँैको लगानीमा खोलिएका होटल तथा रेष्टुरेष्ट सुस्ताएका थिए । पर्यटकको चहलपहल बढेसँगै थलिएको होटल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यवसायीहरुको छ ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीहरुलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलहरु पाहुनाले भरिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय