latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग
निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो ।

सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिडले असहज भएको निर्माण व्यवसायीमा मूल्यवृद्धिले झनै ठूलो प्रभाव पारेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ “मूल्यवृद्धि समायोजन गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने हाम्रो इच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछौंँ ।”

सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ । आफ्ना मागहरु पूरा नभए कन्स्ट्रक्सन होलिडे गरी आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ । फलामजन्य सामग्री, सिमेन्ट, बिटुमिन, इन्धन, इँट्टालगायत नदीजन्य निर्माण सामग्रीको मूल्यवृद्धिसँगै अभाव सिर्जना गरिएको व्यवसायीहरुले जनाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले व्यवसायीको माग जायज रहेको र ज्ञापनपत्र सम्बन्धित निकायसम्म पु¥याउने बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय