latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

विश्वकै सबैभन्दा ठूलो मुख

एजेन्सी / अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ ।

उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।

राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी भएको थाहा पाइन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनले गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् ।

३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्सहरु रहेका छन् । ‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ उनी भन्छिन् ।

भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय