latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ का समिर तामाङ रहेका छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बरप्लेट परिवर्तन गरेर नयाँ नम्बर प्लेट हालेर सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–०२५ प १३१८ नम्बर हालेको अवस्थामा बरामद गरिएको हो । अनुसन्धानपश्चात उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०२९ प ५२०९ भएको खुल्न आएको महाशाखाले जनाएको छ ।

ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको सेतो रङको डुक मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त क्रमशः ठिमी र सिंहदरबार पठाइएको महाशाखा प्रमुख जोशीले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय