latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

किराँत सभ्यतासँग जोडीएको ‘खुवालुङ’सम्बन्धी म्यूजिक भिडियो छायाङकन् सुरु
जेठोखबर

उदयपुर । किराँत समुदायको इतिहासकालिन क्षेत्र ‘खुवालुङ’सम्बन्धी गीतको म्यूजिक भिडियो छायाङ्कन सुरु भएको छ । उदयपुर सुनसरी र भोजपुर संगमस्थलमा केन्द्रित खुवालुङको सेरोफेरोमा रहेर तयार पारिएको गीत किराँत राई सांस्कृतिक कलाकार संघको केन्द्रिय टोलीले भिडियो निर्माणका लागि छायाङ्कन थालिएको हो ।

 

संघका केन्द्रिय अध्यक्ष रामकर राईका अनुसार खुवालुङको नाममा पहिलो पटक निर्माण गर्न लागिएको भिडीयोमा एकै पटक ढेडसय जना कलाकारहरुको सामूहिक सहभागिता रहेको छ ।

 

निर्धारित कलाकार टोली खुवालुङ क्षेत्र पुगेसँगै सोमबारदेखि औपचारिक रुपमा दृष्यांकनको काम शुरु भएको हो ।

 

गीतको पूरै भिडियो खिच्न अब केही दिन लाग्ने अध्यक्ष राईको भनाई छ । बरिष्ठ संगीतकार तथा गायक जीतेन राई, राई नवीन, पार्वती राई, मेनुका राईलगायतले स्वरबद्ध गीत केही समयअघि राजधानीमा रेकर्ड भएको थियो ।

 

अडियो रेकर्डपछि सबै काम पूरा भएको गीत सुरज मेवाहाङ राईले लेखेका छन् । त्यस्तै जीतेन राईले संगीत भरेका हुन् ।

 

कलाकार संघका उपाध्यक्ष शालिक शातासक राईद्धारा निर्देशित म्यूजिक भिडियो दृष्य खिच्दै गर्दा पहिलो दिन किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली, केन्द्रीय सदस्य गणेश खालिङ, सुनसरी अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिती थियो ।

 

म्यूजिक भिडियोमा किराँत राई समुदायबाट कलाकारिता क्षेत्रमा अब्बल सावित भइसकेका कलाकारहरुको समेत अभिनय रहने निर्माण पक्षको भनाई छ ।जेठोखबर  बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय