latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

राम्रि देखिन कै लागि ओठको शल्यक्रिया गरेकी हरिम शाहको ओठै सुन्निएपछि

एजेन्सी – पाकिस्तानी टिक टकर हरिम शाहले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो एउटा भिडियो सेयर गरेकि छिन् । उनको यो भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोको विशेष कुरा यो हो कि उनले आफ्नो ओठको शल्यक्रियापछि यो भिडियो बनाएकि हुन् । यो भिडियोमा उनको ओठ सुन्निएको देख्न सकिन्छ ।

तर यो भिडियोको सबैभन्दा खास कुरा के छ भने उनले आफ्नो ओठको आधा मात्रै शल्यक्रिया गरेकि हुन् । जसका कारण उनको लुक निकै फनी देखिन्छ । आखिर आधा ओठको शल्यक्रिया किन गरिन हरिमले रु भिडियोमा हरिम शाहले आफू ओठको शल्यक्रियाका लागि बेलायत आएको बताएकी छिन् । उनको ओठको शल्यक्रिया सुरु भएको थियो कि आधा ओठको शल्यक्रिया गरेपछि मात्रै उनलाई फोन आउँछ । त्यो कलमा, पाकिस्तानी एफआईएले पाकिस्तानमा उनको बैंक खाता सिल गर्न आदेश दिएको बताइएको छ।

अब हरिमसँग पैसा नभएकाले शल्यक्रिया पनि गर्न पाईनन् । तर उनको ओठको आधा शल्यक्रिया भइसकेको छ । आधा ओठ फिलर गरिसकेपछि हरिमले त्यसैलाई छाडिदिइन् । कुरा के थियो भने सामाजिक सञ्जालमा दुई बन्डल ब्रिटिश पाउण्ड लिएर बसेर नोटको बन्डल देखाउँदै हरिमले पाकिस्तानबाट पहिलो पटक यति ठूलो रकम लिएर लन्डन आएको बताएकी थिइन् ।

त्यसपछि के थियो, एफआईएले यो भिडियोको छानबिन गर्न थाल्यो । त्यसपछि उनको खाता सिल गरिएको थियो । पाकिस्तानको संघीय राजस्व बोर्डका अनुसार कुनै पनि यात्रुले अनुमतिबिना १० हजार डलरभन्दा बढी विदेशी मुद्रा लैजान नपाउने तर कुनै पनि यात्रुले विदेशी मुद्रा पाकिस्तानमा ल्याउन सक्ने नियम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय